आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जितको खडेरी तोडेको छ । अरुण जेटली स्टेडियममा मुम्बईले दिल्ली क्यापिटल्सविरुद्ध १२ रनको जित निकालेको हो ।
यो सँगै दिल्ली क्यापिटल्सको अपराजित यात्रा भङ्ग भएको छ । दिल्ली यसअघिका चार खेलमा अपराजित थियो । लगातार चार खेल जितेर ८ अंक बटुलेको दिल्लीले पहिलो हार व्यहोरे पनि दोस्रो स्थानमा कायम छ । एक खेल बढी खेलेर समान ८ अंक जोडेको गुजराज टाइटन्स रनरेटका आधारमा शीर्ष स्थानमा छ । हालसम्म खेलेका ६ खेलमा जम्मा दुई जित निकालेको मुम्बई भने चार अंक बटुलेर सातौं स्थानमा उक्लिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०५ रनको योगफल तयार पार्दै दिल्लीसामु २०६ रनको चुनौति पेश गरेको थियो । जवाफमा दिल्लीले १९ ओभर खेल्दै मिचेल स्टार्चबाहेक सबैलाई गमाएर जम्मा १९३ रन मात्रै बनाउन सक्यो ।
दिल्लीका लागि करुण नायरले सर्वाधिक ८९ रन बनाए पनि हार टार्न सकेनन् । ४० बल खर्चिएका उनले १२ चौका र ५ छक्काको मद्दतले उत्कृष्ट पाली खेलेका हुन् । ओपनर ज्याक फ्रेजर म्याकगर्क शून्यमा आउट हुँदा अर्का ओपनर अभिषेक पोरेलले ३३ रन जोडे ।
आशुतोष शर्माले १७ र केएल राहुलले १५ तथा विप्रज निगमले १४ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् । बलिङतर्फ मुम्बईका कर्ण शर्मा एक्लैले तीन विकेट लिए भने मिचेल सेन्टनरले दुई विकेट हात पारे ।
यसअघि, मुम्बईका तिलक बर्माले सर्वाधिक ५९ रन बनाएका थिए । ३३ बल खर्चेका उनले ६ चौका र तीन छक्का प्रहार गरे । रियन रिककेल्टनले २५ बलमा पाँच चौका र दुई छक्काको हिर्काउँदै ४१ रन जोडे ।
सूर्यकुमार यादव ४० र रोहित शर्मा १८ रनमा आउट हुँदा नमन धीर ३८ रनमा अविजित रहे । दिल्लीका विपराज निगम र कुल्दीप यादवले समान दुई-दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण