कोशीमा भारतीय पर्यटकको आगमनलाई झन्झट रहित बनाइँदै
विराटनगर । पर्यटन प्रवर्द्धनलाई बढवा दिने उद्देश्यले घुम्न आउने पर्यटकको हकमा कोशी प्रदेशले झन्झट रहित आवागमनको बन्दोबस्ती मिलाएको छ ।
पर्यटन वर्ष २०८२ घोषणा गरेको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी एकीकृत जाँच सहितको झन्झट रहित आवागमनको व्यवस्था मिलाएको हो ।
घुम्न आउने पर्यटकको सुरक्षा जाँच, सवारी प्रवेश पास र कर शुल्कलाई झन्झट रहित बनाउन सवारीसाधनमा स्टिकर अभियानलाई प्रदेश सरकारले अघि बढाएको छ ।
स्थानीय तह सँगको समन्वयमा ठाउँ नै पिच्छे लिइँदै आएको कर हटाइने जनाएको प्रदेश सरकारले भ्रमण वर्ष २०८२ अवधिभर भारतीय पर्यटक सवार सवारीसाधनको हकमा अनावश्यक चेकजाँच नहुने जनाएको छ ।
भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकाहरु मोरङको रानी सहित सुनसरीको कोशी ब्यारेज, झापा र पशुपति नगरमा पर्यटक लक्षित डेस्क स्थापना गरी यात्रा सहजीकरणको अभियानलाई अघि बढाइएको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले बताए ।
डेस्कमार्फत एकै स्थानमा एकै पटक जाँच सहितका सबै प्रक्रिया पूरा गरी सवारीसाधनमा स्टिकर टाँसिने मन्त्री मण्डलले बताए ।
कोशी प्रदेशले २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउँदैछ । प्रदेश भित्रका रमणीय स्थानहरुको प्रर्वद्धन गरी १६ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको प्रदेश सरकारले भारतीय पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेको छ । सोही अनुरुप पर्यटकको यात्रा सहज र झन्झट रहित बनाउने उद्देश्यसाथ भारतसँग सीमा जोडिएका कोशी प्रदेशका नाकामा नेपाली पक्षले डेस्क स्थापना गरी स्टिकर टाँसको अभियानलाई अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण