नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
सोमबार, ०१ वैशाख २०८२, २१ : ४७
काठमाडौँ । जाजरकोटमा भूकम्प गएको छ ।
२०८२ सालको पहिलो दिन नै ९ बजेर ३१ मिनेट जाँदा जाजरकोट जिल्लामा ४ दशमवल १ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबारे क्षतिको तत्काल कुनै रिपोर्ट भने प्राप्त भएको छैन । अधिकारीहरूले स्थितिको निगरानी गरिरहेका जनाएका छन् ।
सोमबार राति ९ बजेर ३२ मिनेटमा जिल्लाको पैंक भन्ने स्थानमा भूकम्प गएको हो । उक्त स्थान रहेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भुइँचालो गए पनि क्षति भने नभएको रातोपाटीलाई बताए । उनले भने, '९ बजेर ३२ मिनेटमा भुइँचालो गएको हो, मैले सबै वडाध्यक्ष र केही वडासदस्यहरूलाई फोन गरेर बुझेँ, क्षति भएको भन्ने जानकारी आएको छैन ।'
पैंक भनिने उक्त स्थान उक्त गाउँपालिकाको वडा नम्बर ९ मा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
-
फ्रुटीमा नशालु पदार्थ मिसाएर लुटपाट गर्ने महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण