सुनसरीको देवानगञ्ज गोली काण्डमा ५ जना संलग्न, दुई पक्राउ, तीन जना अझै फरार
विराटनगर । सुनसरीको देवानगञ्जमा गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवानगञ्ज १ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए । प्रहरीले उनीहरूलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरेको हो । ‘देवानगन्जामा चोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको छ । अहिले दुई जनालाई पक्राउ गरिएको छ । अझै तीन जना फरार छन् । उनीहरूको खोजी कार्य पनि हामीले तीव्र बनाएको छ,’ तिम्सिनाले भने ।
गोली चलाउने कामेश्वर यादव रहेको प्रहरी स्रोतले बताएको छ । उनी फरार रहेका छन् । आर्थिक लेनदेनको कारणले गोली चलाएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए । ‘अहिले आर्थिक लेनदेन देखिएको छ । थप अनुसन्धानपछि विस्तृतमा जानकारी आउनेछ,’ एसपी तिम्सिनाले भने ।
प्रहरीले पक्राउ गरेको रविन यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका अभियुक्त हुन । एक महिना अगाडी लागूऔषध मुद्दामा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका प्रतिवादी हुन् । गोली चलाउने र घाइते हुने साथीहरू हुन् । हिजो साँझ ६ः३० बजेतिर देवानगन्जामा तीन राउन्ड गोली चलेको थियो । गोली लागेर देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव घाइते भएका थिए । घाइतेमध्ये शिवकुमारको अवस्था गम्भीर छ । उनको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण