किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
मङ्गलबार, ०२ वैशाख २०८२, १२ : ३६
झापा । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पर्सा वीरगन्ज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
खानले ती बालिकालाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण