अन्तरिक्षमा पुगेर फर्कियो केटी पेरीसहित छ जना महिलाको समूह
वासिङ्टन डीसी । अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर सुरक्षित रूपमा पृथ्वीमा फर्किएका छन् । उनीहरूको यो यात्रा लगभग ११ मिनेट लामो थियो । यो टोली अन्तरिक्षमा पुग्दा केटी पेरीले गीत गाएको बताइएको थियो ।
उनीहरू चढेको विमान प्रतिघण्टा २ हजार ३०० माइलको अधिकतम गतिमा यात्रा गरेको थियो । यो गति ध्वनिकोभन्दा तीन गुणा बढी हो । यस टोलीमा पप गायक, पत्रकार, वैज्ञानिक र फिल्म निर्माता लगायत विभिन्न क्षेत्रका महिलाहरू थिए ।
छ जना महिलाको यो टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनले ‘न्यू शेपर्ड रकेट’मार्फत अन्तरिक्षमा पठाएको थियो । १९६३ पछि यो पहिलो पटक हो कि महिलाहरूको सम्पूर्ण टोलीले अन्तरिक्ष यात्रा गरेको छ । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभाले अन्तरिक्ष यात्रा गरेकी थिइन् ।
ब्लू ओरिजिनको यस यात्रामा पेरीको साथमा पत्रकार गेल किङ, नागरिक अधिकार वकिल अमान्डा इन्गुएन, पूर्व नासा रकेट वैज्ञानिक आइशा बोवे र फिल्म निर्माता करिन फ्लिन गएका थिए ।
उनीहरूसँगै गएका छैटौं महिला लरेन सान्चेज थिइन् । सान्चेजले यो टोलीको नेतृत्व गरेकी थिइन् । उनी जेफ बेजोसकी हुनेवाला पत्नी हुन् । यी सबै महिलाहरूले पृथ्वी र अन्तरिक्षबिचको काल्पनिक सीमा कर्मन रेखा पार गरेका थिए । यसलाई पृथ्वीको वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुवात मानिन्छ ।
यी छ जना महिलाले न्यु शेपर्ड–३१ नामक यस मिसनमा ब्लू ओरिजिनको न्यु शेपर्ड रकेटमा यात्रा गरेका थिए । यसमा रहेको अन्तरिक्षयान पूर्ण रूपमा स्वचालित थियो । यो यात्रा लगभग ११ मिनेटसम्म चल्यो । अमेरिकाको पश्चिम टेक्सासमा रहेको कम्पनीको प्रक्षेपण केन्द्रबाट अप्रिल १४ मा नयाँ शेपर्ड रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो ।
लरेन सान्चेजले २०२३ मा भोग पत्रिकासँगको अन्तरवार्तामा नै महिला मात्रै सहभागी भएको टोलीको साथमा अन्तरिक्षमा उडान गर्ने आफ्नो सपनाबारे उल्लेख गरेकी थिइन् । ‘यो केवल अन्तरिक्ष अभियान मात्र होइन । यो मानिसहरूको मानसिकता परिवर्तन गर्ने र भावी पुस्तालाई प्रेरित गर्ने अभियान हो,’ ब्लू ओरिजिनले एक विज्ञप्तिमा भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गरिबी र अशिक्षाबिच निर्वाचनमा प्रविधि कसरी सम्भव छ ?
-
संसद् बैठक दसैँसम्मै सञ्चालन गर्नेबारे छलफल
-
१८ वर्षपछि पलेँटीको मञ्चमा मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन
-
अमेरिकी आक्रमणमा इरानका १२ पुल र दुई सुरुङ क्षतिग्रस्त
-
पुनम अग्रवालको प्रश्न : निर्वाचन खर्च घटाउन र विदेशमा रहेका नेपालीलाई छिटो मतदानको अधिकार दिने योजना के छ ?
-
हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण