निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव
कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ ।
प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या हुने गरेको छभने अन्य खेलको प्रशिक्षण कक्षमा आश्रय लिनु परेको कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले बताए।
“कुस्तीका खेलाडीहरुले अन्य खेलको प्रशिक्षण केन्द्रमा आश्रय लिनुपरेको छ”, प्रशिक्षक चन्दले भने, “अहिले बिहान र साँझ समय मिलाएर प्रशिक्षण गरिरहेका छौँ ।” तेक्वान्दोमा सबैभन्दा बढी पदक ल्याउनेमा कञ्चनपुरकै खेलाडी छन् तर उनीहरुका लागि प्रशिक्षण केन्द्र निर्माण भने हुन नसकेको उनको भनाइ छ ।
कुस्ती प्रशिक्षण केन्द्र निर्माणका लागि गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट रु १० लाख बजेट आए पनि रु तीन लाख ‘फ्रिज’ भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । साथै चालु आवमा भने बजेट विनियोजन नै नभएको उनको भनाइ छ ।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले बजेट नहुँदा कुस्तीका लागि प्रशिक्षण कक्ष निर्माण हुन नसकेको बताए ।
जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता खेलाडी उत्पादनका लागि सोही अनुसारको पूर्वाधार जरुरी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण