शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेट

पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली

प्लेअफमा पुग्न के छ सम्भावना ?
मङ्गलबार, ०२ वैशाख २०८२, १८ : ००
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण जारी छ । प्रतियोगितामा सहभागी १० मध्ये ६ टोलीले आफ्नो छैटौँ खेल खेलिसकेका छन् । दुई टोलीले पाँचौँ र दुई टोलीले सातौँ खेल खेलिसकेका छन् । 

यस अर्थमा, जारी सिजनको आईपीएल मध्यतिर पुग्न लागेको छ । हालसम्मको स्थितिलाई हेर्दा केही टोलीको प्ले–अफ चरण यात्रा संकटमा परेको देखिन्छ । लिग चरणको समाप्तिपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्नेछन् । 

हाल ६ खेल खेलेको गुजरात टाइटन्स आठ अंकसहित पहिलो, पाँच खेल खेलेको दिल्ली क्यापिटल्स आठ अंकसहित दोस्रो, ६ खेल खेलेको रोयल च्यालेन्जर्स बेंगलुरु आठ अंकसहित तेस्रो र सात खेल सकेको लखनउ सुपर जायन्ट्स चौथो स्थानमा आसीन छन् । 

यसैगरी, ६ खेल खेलेको कोलकाता नाइट राइडर्स ६ अंकसहित पाँचौँ, पाँच खेल खेलेको पञ्जाब किङ्स ६ अंकसहित छैटौँ, ६ खेल खेलेको मुम्बई इन्डियन्स चार अंकसहित सातौँ, ६ खेल सकेको राजस्थान रोयल्स चार अंकसहित आठौँ, समान खेल खेलेको सनराइजर्स हैदराबाद चार अंकसहित नवौँ र सात खेल सकेको चेन्नई सुपर किङ्स चार अंकसहित दशौँ स्थानमा छन् । 

जारी आईपीएलमा गतिलो प्रदर्शन गरिरहेका गुजरात, दिल्ली, बेंगलुरु र लखनउको अगाडि बढ्न सम्भावना पनि बलियो देखिन्छ । तर, केही टोलीको प्ले–अफ चरणमा पुग्ने सम्भावना भने क्षीण बन्दै गएको देखिन्छ ।

यो सूचिमा पहिलो स्थानमा चेन्नई सुपर किङ्स रहेको छ । सर्वाधिक पाँचपटक आईपीएलको उपाधि चुमिसकेको चेन्नईले यो सिजन राम्रो प्रदर्शन गर्न सकेको छैन । चेन्नई हालसम्म आफूले खेलेको सात मध्ये पाँच खेलमा पराजित भइसकेको छ । 

चेन्नईले केवल दुई खेलमा जित हात पारेको छ । अब चेन्नईले सात खेलमात्र खेल्न बाँकी छ । अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न चेन्नईले अब बाँकी सातमध्ये कम्तीमा ६ खेल जित्नै पर्ने हुन्छ । बाँकी सातमध्ये दुई खेलमा पराजित भएमा चेन्नईको अगाडि बढ्ने सम्भावना समाप्त हुनेछ । 

यसैगरी, साबिक उपविजेता सनराइजर्स हैदराबादको पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना निकै कम देखिन्छ । हैदराबाद हालसम्म आफूले खेलेको ६ मध्ये चार खेलमा पराजित भइसकेको छ । हैदराबादले दुई खेलमात्र जित्न सकेको छ ।

हैदराबादले अब आठ खेल खेल्न बाँकी छ । यस्तो स्थितिमा प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न अब हैदराबादले आठमध्ये कम्तीमा ६ खेल जित्नुपर्ने हुन्छ । बाँकी आठमध्ये तीन वा त्योभन्दा बढी खेलमा पराजित भए हैदराबादको प्ले–अफ चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ । 

यसैगरी, पाँचपटकको च्याम्पियन्स मुम्बई इन्डियन्सले पनि यो सिजन गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । मुम्बई हालसम्म आफूले खेलेको ६ मध्ये चार खेलमा पराजित भइसकेको छ । मुम्बईले दुई खेलमात्र जित्न सकेको थियो । 

मुम्बईले पनि अब आठ खेलमात्र खेल्न बाँकी छ । त्यसैले प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न मुम्बईले पनि बाँकी आठमध्ये कम्तीमा ६ खेल जित्नै पर्ने हुन्छ । राजस्थान रोयल्सको अवस्था पनि मुम्बईजस्तै छ । 

राजस्थानले पनि हालसम्म आफूले खेलेको ६ मध्ये चार खेलमा हार भोगिसकेको छ । राजस्थान केवल दुई खेलमा विजयी भएको छ । त्यसैले राजस्थानले पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना कायम राख्न खेल्न बाँकी आठमध्ये ६ खेल जित्नै पर्ने हुन्छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप