बोइङको डेलिभरी लिन किन मानेन चीन ?
काठमाडौं । चीनले आफ्ना एयरलाइन्सहरूलाई अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट नयाँ विमानहरूको डेलिभरी नलिन आदेश दिएको छ ।
ब्लूमबर्गमा छापिएको खबरका अनुसार बेइजिङले अमेरिकामा बनेका विमानका पार्टपुर्जा र उपकरणहरू खरिद गर्न पनि रोक लगाउन आदेश पनि दिएको छ ।
अमेरिकाले चीनबाट आउने सामानमा लगाएको १४५ प्रतिशत अतिरिक्त भन्सार महसुलको जवाफमा चीनले यो आदेश जारी गरेको हो । बोइङ अमेरिकी कम्पनी हो । यसले हवाईजहाज, रकेट, उपग्रह, दूरसञ्चार उपकरण र क्षेप्यास्त्रहरू उत्पादन गर्ने गरेको छ । बोइङ अमेरिकाको सबैभन्दा ठूलो विमान निर्यातकर्ता कम्पनी हो ।
बहुमूल्य धातुहरूको आपूर्ति पनि बन्द
अमेरिकासँग बढ्दो व्यापार युद्धका बीचमा चीनले ७ बहुमूल्य धातुको निर्यातमा पनि प्रतिबन्ध लगाएको छ ।
चीनले चिनियाँ बन्दरगाहहरूमा कार, ड्रोनदेखि रोबोट र मिसाइलसम्म सबै चीजहरू जम्मा गर्न आवश्यक पर्ने चुम्बकहरूको ढुवानीलाई पनि रोक लगाएको छ । यी सामग्रीहरू अटोमोबाइल, स्वचालित सवारी साधन र एयरोस्पेस व्यवसायहरूको लागि अत्यन्त महत्त्वपूर्ण छन् ।
यो निर्णयले विश्वभरका मोटर गाडी, विमान, अर्धचालक र हतियार उत्पादन गर्ने कम्पनीहरूलाई असर गर्नेछ ।
यी समान महँगा हुनेछन् । अप्रिल ४ मा चीनले समेरियम, ग्याडोलिनियम, टर्बियम, डिसप्रोसियम, ल्यूटेटियम समेतका ७ बहुमूल्य धातुहरूको निर्यातमा प्रतिबन्ध लगाउने आदेश जारी गरेको थियो ।
आदेश अनुसार यी बहुमूल्य धातुहरू अनि यसको प्रयोग गरेर बनेका विशेष चुम्बकहरू विशेष अनुमति लिएर मात्र चीनबाट बाहिर पठाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण