दर्ता शुल्क वृद्धि गरिएकोमा ड्रोन सङ्घले गरायो मन्त्री पाण्डेको ध्यानाकर्षण
काठमाडौँ । ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा नेपाल मानव रहित विमान (ड्रोन) सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको ध्यानाकर्षण गराएको छ ।
मङ्गलवार सङ्घका महासचिव प्रविन भट्टराई सहितको टोलीले मन्त्रालय मन्त्रीसँग भेट गर्दै ध्यानाकर्षण गराएका हुन् ।
पहिला १० डलर प्लस भ्याट रुपैयाँ शुल्क राखिएको दर्ता शुल्क अहिले एकै पटक ५० डलर प्लस भ्याट (नेपाली रुपैयाँमा लगभग ८ हजार)तोकिएको छ । ड्रोन दर्ता शुल्कमा करिब ४ सय गुणा वृद्धि गरिएकोमा सङ्घले चिन्ता व्यक्त समेत गरेको हो ।
‘यस्तो महत्त्वपूर्ण नीति गत निर्णय लिँदा सरोकारवाला निकायहरूलाई कुनै जानकारी नै नगराई, परामर्श नगरी मूल्य वृद्धि गर्नु खेदजनक छ’, सङ्घका महासचिव प्रविन भट्टराइले भने ‘शुल्क वृद्धिको कारण, प्रक्रिया तथा उद्देश्यबारे स्पष्ट जानकारी पाउन चाहन्छौँ । यो विषयमा प्रत्यक्ष छलफल गर्न मन्त्रालयसँगको बैठकको माग गर्दछौँ ।’
ड्रोन प्रविधिले पर्यटन प्रवर्द्धन, संस्कृति अभिलेखीकरण, विपद् व्यवस्थापन, अनुसन्धान र अन्य थुप्रै विकासमुखी कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेलेको उनको धारणा छ ।
सङ्घ ड्रोनमा भारी शुल्क वृद्धिले यस क्षेत्रमा कार्यरत नेपाली स्टार्टअप, अनुसन्धानकर्ता, सृजनशील युवा र व्यवसायीहरूलाई निरुत्साहित पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण