हार्डवेयर पसलका सञ्चालकविरुद्ध राजस्व छलीको मुद्दा
बुटवल । राजस्व अनुसन्धान कार्यालय बुटवलले हार्डवेयर पसलका सञ्चालकविरुद्ध कर छलीको आरोपमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दर्ता गरेको छ। रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ८ मा रहेको सुन्दर हार्डवेयर एन्ड प्लाइउडका सञ्चालक जोगेन्द्र अग्रहरीविरुद्ध मंगलबार अभियोग पत्र दायर गरेको हो ।
कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद खाता, विक्री खाता, लगायत अन्य आवश्यक कागजातहरू तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरे बमोजिमको परिमाणभन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको थियो ।
अग्रहरीले फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेस गरेको मौज्दात विवरण भन्दा अधिक मालवस्तु गोदामबाट फेला परेको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ ।
त्यस्तै बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजलेपेश गर्न नसक्नु तथा कारोबार र कर छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ४(छ) र (झ)बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको घिमिरेले बताए।
यस मुद्दामा ५४ लाख ४१ हजार चार रुपैयाँ पचास पैसा बिगो कायम र ऐनको दफा २३(१) बमोजिम बिगो असुल उपर गरी बिगोको शतप्रतिशत जरिवाना माग दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण