काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बुधबार सार्वजनिक बिदा

काभ्रे । यहाँको मण्डनदेउपुर नगरपालिकाले बैशाख ३ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरकोट भ्रमण वर्ष उद्घाटन समारोहको समापनका दिन मण्डनदेउपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
मण्डनदेउपुरले सार्वजनिक सुचना जारी गर्दै बैशाख ३ गते सार्वजनिक बिदा दिएको हो ।
स्थानीय तहलाई स्थानीयस्तरका चाडपर्व मेला आदिमा विदा दिने अधिकार दिएको छ । सोही अनुसार नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको हो ।
यसअघि कर्मचारीलाई थकान विदा दिएर विवादमा आएको मण्डनदेउपुर नगरपालिकाले अहिले मेलाको समापन विदा दिएको छ । गत २०८० असोज ३ गते मण्डनदेउपुर नगरपालिकाको कार्यालय नयाँ भवनमा सारिएको थियो ।
भवन उद्घाटनको भोलीपल्ट कर्मचारीहरु थाकेको भन्दै असोज ४ गते नगरभरि सार्वजनिक विदा दिइएको थियो ।
काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा भक्तपुरको चाँगुनारायण तथा काठमाडौंको शंकरापुर नगरपालिकाको आयोजनामा बैशाख १ गतेबाट नगरकोट भ्रमण वर्ष २०८२ सुरु भएको छ ।
भ्रमण वर्षको उद्घाटन कार्यक्रम बैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।
बैशाख ३ गते भ्रमण वर्ष उद्घाटन कार्यक्रमको अवसर भन्दै मण्डनदेउपुर नगरपालिकाले नगरभरि विदा दिएको हो । भ्रमण वर्षका अन्य तीन आयोजक नगरपालिकाले भने बिदा बारे आधिकारिक सुचना गरेका छैनन् ।
मण्डनदेउपुर नगरका प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले मंगलबार जारी गरेको सूचनामा अनुसार मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोक, चाँगुनारायण नगरपालिका, भक्तपुर बनेपा नगरपालिका, काभ्रेपलाञ्चोक र शंकरापुर नगरपालिका, काठमाण्डौंको संयुक्त आयोजनामा मनाउन लागिएको नगरकोट भ्रमण वर्ष, २०८२ को मिति २०८२ वैशाख १ देखी ३ गते सम्म भईरहेको उद्घाटन समारोहको समापन कार्यक्रम यही मिति २०८२ वैशाख ३ गते बुधबारका दिन मण्डनदेउपुर नगरपालिका वडा नम्बर-२ बतासे डाँडामा हुने भएकोले उपरोक्त अवसरमा कर्मचारी, नगरबासी तथा सरोकारवाला सम्पुर्णलाई निमन्त्रणा गर्दै वैशाख ३ गते बुधबारका दिन मण्डनदेउपुर नगरपालिका मातहतका कार्यालय, विद्यालय तथा संघसंस्थामा स्थानीय बिदा गर्ने नगर प्रमुखस्तरीय निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
-
ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो
-
रेशम चौधरीको पक्राउलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ : सीके राउत