कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
विराटनगर । तयारी नपुगेको भन्दै गत माघमा स्थगित भएको कोशी प्रदेश लगानी सम्मेलन वैशाख १८ र १९ गते हुने पक्का भएको छ ।
प्रदेश लगानी सम्मेलन २०२५ को सचिवालयका संयोजक पवनकुमार तिमल्सेनाले विराटनगरमा आज पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएका हुन् । कोशी प्रदेशमा औद्योगिक वातावरण निर्माण गर्दै रोजगारी सिर्जना गर्न र व्यावसायिक क्षेत्रमा उत्साह प्रदान गर्नका लागि लगानी सम्मेलन विराटनगरमा हुन लागेको हो ।
'लगानी सम्मेलनमार्फत कोशी प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न सम्भावनाका नयाँ क्षेत्रहरू खोजी गरी उद्योगहरू स्थापनामार्फत पुँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको छ,' उनले भने ।
लगानी सम्मेलनमा आठ वटा क्षेत्रका करिब ५४ वटा परियोजना सोकेसिड हुने जनाईएको छ । सम्मेलनमा लगानीकर्ताले झन्डै १ खर्बको परियोजनामा एमओयु हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा सरोज काेइरालाले जानकारी दिए ।
लगानी सम्मेलनपछि कोशी प्रदेश नेपालकै एक प्रमुख लगानी गन्तव्यको रूपमा परिचित हुने उनले अपेक्षा गरेका छन् । लगानी सम्मेलन विराटनगरको वीरेन्द्र गृहमा उद्घाटन हुने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण