कार्यदल र उच्चस्तरीय संयन्त्रको छुट्टाछुट्टै बैठक आह्वान
काठमाडौँ । सत्तारुढ प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्र र कार्यदलको छुट्टाछुट्टै बैठक बोलाइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्यलाई लिएर अनेक आशङ्का उत्पन्न भइरहेका बेला संयन्त्र र कार्यदलको बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार साँझ ५ बजे कार्यदलको बैठक बोलाइएको छ । त्यसपछि साढे ६ बजे उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछन् ।
यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा गभर्नर नियुक्ति, महत्त्वपूर्ण निकायमा सरुवा बढुवा, शिक्षक आन्दोलन र सरकारको डेलिभरीलाई लिएर दुई नेताबिच कुराकानी भएको बताइएको थियो ।
कार्यदलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । यी नेतासहित संयन्त्रमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण