४७ औँ इफाप्का सम्मेलनमा नेपाललाई सम्मान
काठमाडौँ । सिंगापुरमा भएको एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औँ सम्मेलनमा नेपालले अर्थपूर्ण सहभागिता जनाएको छ ।
सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोली सहभागी भएको थियो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्वकर्ताको हैसियतले सम्मेलनलाई सम्बोधन गर्दै सिंहले निर्माण उद्योगको विकासका लागि इफाप्का जस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रहरूबिचको सहकार्य जरुरी भएको बताएका थिए ।
निर्माण उद्योगमा समस्या देखिएको वर्तमान अवस्थामा ‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारा सहित ४७ औँ इफाप्का सम्मेलन सिंगापुरमा आयोजना गरिएको हो । सम्मेलनकै अवधिमा आयोजना गरिएका इफाप्का मातहतका विभिन्न समिति बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो ।
यसैबिच भव्य रूपमा ४६ औँ इफाप्का सम्मेलन सम्पन्न गरेको भन्दै नेपाललाई सम्मान गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा तत्कालीन इफाप्का अध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र तत्कालीन इफाप्का महासचिव एवं नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार वीरेन्द्रराज पाण्डेलाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।
पाँचौँ पटक इफाप्का सम्मेलनमा भाग लिए बापत नेपालका अनिल सिलवाललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । सम्मेलनमा सहभागी नेपाली टोलीले छोटो अवधिमा सिंगापुर एवं मलेसियाले भौतिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको प्रगतिको स्थलगत अवलोकन पनि गरेको थियो । सम्मेलन २०८१ को चैत्र २५ बाट सुरु भई २९ गते सम्म चलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण