अपडेट
नेप्से ७.०१ अंकले वृद्धि, कारोबार घट्यो
बुधबार, ०३ वैशाख २०८२, १५ : २९
काठमाडौँ । बुधबार सेयरबजार परिसूचक नेप्से ७.०१ अंकले वृद्धि भई २६९६.२३ विन्दूमा पुगेको छ ।
नेप्से बढेपनि कारोबार भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त मूल्य बराबरको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच भएको छ ।
बुधबार कारोबारमा आएका १४७ कम्पनीको मूल्य वृद्धि भएको छभने ९७ कम्पनीको मूल्य घटेको छ । दुई वटा कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस्तै आज बैंकिङ क्षेत्रको शेयर बढेको छ । वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, लाइफ इन्सुरेन्स म्युचुअल फण्ड,नन्लाइफ इन्सुरेन्स क्षेत्रकको सेयर बढेको छ । साथै फाइनान्स, होटलतथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्तको शेयर घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण