शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
अपडेट

नेप्से ७.०१ अंकले वृद्धि, कारोबार घट्यो

बुधबार, ०३ वैशाख २०८२, १५ : २९
बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । बुधबार सेयरबजार परिसूचक नेप्से ७.०१ अंकले वृद्धि भई २६९६.२३ विन्दूमा पुगेको छ । 

नेप्से बढेपनि कारोबार भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त मूल्य बराबरको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच भएको छ । 

बुधबार कारोबारमा आएका १४७ कम्पनीको मूल्य वृद्धि भएको छभने ९७ कम्पनीको मूल्य घटेको छ । दुई वटा कम्पनीको मूल्य स्थीर रहेको छ । 

यस्तै आज बैंकिङ क्षेत्रको शेयर बढेको छ । वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, लाइफ इन्सुरेन्स म्युचुअल फण्ड,नन्लाइफ इन्सुरेन्स क्षेत्रकको सेयर बढेको छ । साथै फाइनान्स, होटलतथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्तको शेयर घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप