कराँते खेलाडी मोहम्मद शेखु अमेरिकामा नगदसहित सम्मानित
काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्टस क्लबले कराँतेका मोहम्मद शेखु आलमलाई नगदसहित सम्मान गरेको छ । डिस्ट्रिक्ट ३० का एसेमब्ली मेम्बर स्टेभन रागाले शेखुलाई एक हजार अमेरिकी डलर र प्रशंसापत्र प्रदान गरी सम्मान गरेको जानकारी क्लबका अध्यक्ष सुनिल लामाले दिए ।
शेखु यूएसए ओपन कराँते प्रतियोगिता खेल्न हाल अमेरिकामा छन् । लस भेगसमा अप्रिल १८ देखि २० तारिखसम्म हुने प्रतियोगितामा शेखुले पुरुष ८४ केजीमुनि तौलसमूहमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले हालसम्म १४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पाँच स्वर्ण, तीन रजत र दुई कांस्य पदक जितेका छन् ।
यसैगरी उनले घरेलु प्रतियोगितामा नौ स्वर्ण, एक रजत र चार कांस्य पदक हात पारेका छन् । सम्मान कार्यक्रममा नेपाली कम्युनिटीका लिडर नवराज केसी, कराँते प्रशिक्षक मकेन्द्रबहादुर सिंह र जनकसिंह खड्का, तेक्वान्दो प्रशिक्षक पुष्प थापा मगरलगायतको उपस्थिति रहेको थियो ।
११ औँ दक्षिण एसियाली खेलकुद (साग) तथा १३ औं एपीएसकेएफका स्वर्ण विजेता क्लबका अध्यक्ष लामाका अुनसार, च्याम्पियन मार्सल आटर्स क्लब यूएसएले आफ्नो नियमित प्रशिक्षणसँगै विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण