केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको समूह चरण पार भएको छ । योसँगै समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी सेमी फाइनल प्रवेश गरेको छ । बुधवार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
अत्तरियाले कुल ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो । यसअघि समूह ‘ए’ बाट सिइसी काठमाडौँ, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको थियो ।
बिहीबार पहिलो सेमिफाइनल काठमाडौँ र हिमाल तथा दोस्रो सेमिफाइनल गण्डकी र अत्तरियाबिचमा हुनेछ । चैत २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो हुनेले १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउने छन् । म्यान अफ दी सिरिजले ३० हजार, वेस्ट बलर र वेस्ट व्याटरले जनही १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण