नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल
कैलाली । नगर कार्यपालिकाको निर्णयअनुसार शिक्षक दरबन्दी मिलान तथा स्थानान्तरण नगर्न उच्च अदालत दीपायलले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिकाले २०८१ चैत १७ गते नगर कार्यपालिकाको निर्णयबाट शिक्षक दरबन्दी मिलान तथा स्थानान्तरण गरेको थियो ।
उक्त निर्णयविरुद्ध सिद्धराज जोशीसहितका शिक्षकले उच्च अदालत दीपायलमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै मुख्य न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
यस्तै उच्चले वैशाख १२ गतेको पेसी तोक्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । सो दिन शिक्षक दरबन्दी मिलान र स्थानान्तरण गर्ने नगरकार्यपालिकाको निर्णयको सक्कल कागजातसहितका प्रमाण कागजात लिई उपस्थित हुन समेत अदालतले नगरपालिकाको नाममा आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण