एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को प्रतिस्पर्धामा रहेका राष्ट्रिय अनुसन्धान विभागबाट आएका अधिकृतहरू छुटेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको भनेर तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ज्येष्ठ भए पनि सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुरवेदीहरुलाई डीआईजी बढुवामा पछि पारेका थिए । तर, यसपटक सो टोली अघिल्लो टोलीलाई पछि पारेर बढुवा हुन चाहन्थ्यो ।
उनीहरू बढुवा सिफारिसमा परेनन् । उनीहरू २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा प्रवेश गरेका हुन् । करिब १५ महिना ढिलो सेवा प्रवेश गरेकालाई यसअघि डीआईजी बनाएको भन्दै भन्दै सो समूह असन्तुष्ट बनेको थियो । २०८१ मङ्सिरमा डीआईजी भएका उनीहरूले एआईजीमा बढुवा हुन तीव्र लबिङ गरेका थिए ।
बिहीबार बढुवा सिफारिस गर्दा बढुवा समितिले डा. मनोजकुमार केसीलाई पछि पारेको छ । २०८१ जेठ ४ मा डीआईजी हुँदा उनी राजन अधिकारी भन्दा अगाडी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण