एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को प्रतिस्पर्धामा रहेका राष्ट्रिय अनुसन्धान विभागबाट आएका अधिकृतहरू छुटेका छन् । राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको भनेर तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ज्येष्ठ भए पनि सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुरवेदीहरुलाई डीआईजी बढुवामा पछि पारेका थिए । तर, यसपटक सो टोली अघिल्लो टोलीलाई पछि पारेर बढुवा हुन चाहन्थ्यो ।
उनीहरू बढुवा सिफारिसमा परेनन् । उनीहरू २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीमा प्रवेश गरेका हुन् । करिब १५ महिना ढिलो सेवा प्रवेश गरेकालाई यसअघि डीआईजी बनाएको भन्दै भन्दै सो समूह असन्तुष्ट बनेको थियो । २०८१ मङ्सिरमा डीआईजी भएका उनीहरूले एआईजीमा बढुवा हुन तीव्र लबिङ गरेका थिए ।
बिहीबार बढुवा सिफारिस गर्दा बढुवा समितिले डा. मनोजकुमार केसीलाई पछि पारेको छ । २०८१ जेठ ४ मा डीआईजी हुँदा उनी राजन अधिकारी भन्दा अगाडी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमालेका जनसंगठनमा आफुखुसी निर्णय गर्दा समस्या’
-
रमा बस्नेतलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
-
एक अध्ययन : कर्मचारीभन्दा राजनीतिक नेतृत्वबाट बढी भ्रष्टाचार
-
इजरायल र इरानमा रहेका नेपालीहरूको लागि ट्राभल एडभाईजरी जारी
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?