केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लब स्तरीय क्रिकेटको उपाधिका लागि सिइसी काठमाडौँ र गण्डकी हिरोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
वर्षाका कारण ५ ओभर खेलाइएको पहिलो सेमिफाइनलमा फ्रेण्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराएर काठमाडौँ फाइनल प्रवेश गरेको हो । ५८ रनको विजयी लक्ष्य पाएको फ्रण्डसले ५ ओभरमा ३ विकेट गुमाएर ४७ रन मात्रै जोड्न सक्यो ।
दोस्रो सेमिफाइनलमा अत्तरिया क्रिकेट एकेडेमीलाई टसमा हराएर गण्डकी फाइनल छिरेको हो । १३।३ ओभरको खेल चल्दै गर्दा वर्षा भएपछि टस गरेर निर्णय निकालिएको हो । अत्तरियाले जारी खेलमा ४ विकेट मात्रै गुमाएर १४६ रन जोडिसकेको थियो । उत्कृष्ट खेल प्रस्तुत गरे पनि टसमा अत्तरिया ‘लक्की’ बन्न सकेन ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर स्पेनमा १२ जनाको मृत्यु
-
सरकारलाई घचघच्याउन मिटरब्याज पीडितको ‘न्याय मार्च’, एक हप्तामा काठमाडौँ पुग्ने
-
अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर
-
८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण