केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने

पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० पुरुष राष्ट्रिय क्लब स्तरीय क्रिकेटको उपाधिका लागि सिइसी काठमाडौँ र गण्डकी हिरोजबीच प्रतिस्पर्धा हुने भएको छ ।
वर्षाका कारण ५ ओभर खेलाइएको पहिलो सेमिफाइनलमा फ्रेण्ड्स क्रिकेट एकेडेमीलाई १० रनले हराएर काठमाडौँ फाइनल प्रवेश गरेको हो । ५८ रनको विजयी लक्ष्य पाएको फ्रण्डसले ५ ओभरमा ३ विकेट गुमाएर ४७ रन मात्रै जोड्न सक्यो ।
दोस्रो सेमिफाइनलमा अत्तरिया क्रिकेट एकेडेमीलाई टसमा हराएर गण्डकी फाइनल छिरेको हो । १३।३ ओभरको खेल चल्दै गर्दा वर्षा भएपछि टस गरेर निर्णय निकालिएको हो । अत्तरियाले जारी खेलमा ४ विकेट मात्रै गुमाएर १४६ रन जोडिसकेको थियो । उत्कृष्ट खेल प्रस्तुत गरे पनि टसमा अत्तरिया ‘लक्की’ बन्न सकेन ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भएको प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’
-
वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
-
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता