आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । वानखडे स्टेडियममा बिहीबार राती भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादविरुद्ध हराउँदै चार विकेटको जित निकालेको हो ।
अंक तालिकाको सातौं स्थानमा कायम मुम्बईले सात खेलबाट ६ अंक बटुलेको छ । हैदराबादले भने पाँचौं हार व्यहोरेको छ । सात खेलबाट हैदरावादको चार अंक छ । जुन अंक तालिकाको नवौं स्थानमा छ ।
हैदरावादले दिएको पेश गरेको १६३ रनको चुनौति पछ्याएको मुम्बईले १८ ओभर १ बलमा ६ विकेट गुमाएर सफलता हात पार्यो । १९ औं ओभर चल्न नपाउँदै उसले १६६ रन बनायो ।
उसका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । २६ बल खर्चिएका उनले तीन चौका र दुई छक्का प्रहार गरे । रयान रिक्केल्टनले ३१, सूर्यकुमार यादवले २६ र कप्तान हार्दिक पाण्ड्याले २१ रन बनाए । तिलक बर्मा भने २१ रनमा अविजित रहे ।
बलिङतर्फ हैदरावादका कप्तान पट कुमिन्सले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिएर तीन विकेट हासिल गरेका हुन् । ईशान मलिंगाको दुई र हर्षल पटेलले एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६२ रन बनाएको थियो । उसका लागि ओपनर अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए । २८ बल खर्चिएका उनले सात चौका प्रहार गरे । विकेट किपर हेनरिक क्लासेनले ३७, ट्राभिस हेडले २८ र नीतिशकुमार रेड्डीले १९ रन बनाउँदा अनिकेत वर्मा १८ रनमा अविजित रहे ।
बलिङतर्फ मुम्बईका विल ज्याक्सले दुई विकेट लिए । ट्रेन्ट बोल्ड, जसप्रीत बुमराह र हार्दिक पाण्ड्याले समान एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
-
सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो
-
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त
-
‘एन्फा अध्यक्षले राष्ट्रको शिर झुकाउने काम गरे, देशद्रोहमा कारवाही हुनुपर्छ’
-
भेनेजुएलालाई चीनको सहायता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण