आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । वानखडे स्टेडियममा बिहीबार राती भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादविरुद्ध हराउँदै चार विकेटको जित निकालेको हो ।
अंक तालिकाको सातौं स्थानमा कायम मुम्बईले सात खेलबाट ६ अंक बटुलेको छ । हैदराबादले भने पाँचौं हार व्यहोरेको छ । सात खेलबाट हैदरावादको चार अंक छ । जुन अंक तालिकाको नवौं स्थानमा छ ।
हैदरावादले दिएको पेश गरेको १६३ रनको चुनौति पछ्याएको मुम्बईले १८ ओभर १ बलमा ६ विकेट गुमाएर सफलता हात पार्यो । १९ औं ओभर चल्न नपाउँदै उसले १६६ रन बनायो ।
उसका लागि विल ज्याक्सले सर्वाधिक ३६ रन बनाए । २६ बल खर्चिएका उनले तीन चौका र दुई छक्का प्रहार गरे । रयान रिक्केल्टनले ३१, सूर्यकुमार यादवले २६ र कप्तान हार्दिक पाण्ड्याले २१ रन बनाए । तिलक बर्मा भने २१ रनमा अविजित रहे ।
बलिङतर्फ हैदरावादका कप्तान पट कुमिन्सले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिएर तीन विकेट हासिल गरेका हुन् । ईशान मलिंगाको दुई र हर्षल पटेलले एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६२ रन बनाएको थियो । उसका लागि ओपनर अभिषेक शर्माले सर्वाधिक ४० रन बनाए । २८ बल खर्चिएका उनले सात चौका प्रहार गरे । विकेट किपर हेनरिक क्लासेनले ३७, ट्राभिस हेडले २८ र नीतिशकुमार रेड्डीले १९ रन बनाउँदा अनिकेत वर्मा १८ रनमा अविजित रहे ।
बलिङतर्फ मुम्बईका विल ज्याक्सले दुई विकेट लिए । ट्रेन्ट बोल्ड, जसप्रीत बुमराह र हार्दिक पाण्ड्याले समान एक–एक विकेट हात पारे ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न
-
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन् : उपसभापति वाग्ले