९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत
शुक्रबार, ०५ वैशाख २०८२, १० : ३२
झापा । जिल्लाको चालु आर्थिक वर्ष को ९ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ रु १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म रु चार अर्ब एक करोड ५२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित रु १६ अर्ब १४ करोड ६८ लाखमध्य रु ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ”, उनले भने ।
समग्रमा जिल्लाको रु १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ । चालु आवको चैत महिनासम्म रु १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण