रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्

भद्रपुर । जिल्लाको केर्खास्थित रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । गत वर्ष असारदेखि कर्मचारीले कुनै पनि पारिश्रमिक पाएका छैनन् ।
उक्त आयोजनामा स्थायाी, करार र दैनिक ज्यालादारी गरी ४३ जना कर्मचारी कार्यरत छन् । आयोजना प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सङ्घीय सरकारले नियुक्त गर्ने पैदावार विकास समितिको अध्यक्ष पद लामो समयदेखि रिक्त हुँदा कार्यक्रम स्वीकृत हुन सकेका छैनन् । ‘समितिअन्तर्गतको आयोजना भएकाले अध्यक्ष नियुक्त नभएकाले तबल उपलब्ध नहुनुका साथै अन्य कुनै पनि काम अगाडि बढ्न सकेका छैनन्’, उनले भने ।
वृक्षारोपण गर्ने, वनजङ्गल संरक्षण गरी हुर्काइएको वनबाट काठपात बिक्री गरी तलब भत्ता खाने गरिए पनि कार्यक्रम स्वीकृत नहुँदा लामो समयदेखि काठ बिक्री नभएको आयोजना प्रमुख गौतमले बताए । उनका अनुसार रतुवामाई वृक्षरोपण आयोजनाअन्तरर्गत दुई हजार ७५३ दशमलव ७६ हेक्टर वनक्षेत्र रहेको छ ।
आयोजनाको उक्त वनक्षेत्र पूर्वमा कनकाई नदी, पश्चिममा रतुवा नदी, उत्तरमा चुलाचुली फेदी र दक्षिणी सिमाना पूर्व–पश्चिम राजमार्ग पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न