विमानको इन्जिनमा आगो लाग्यो, अवतरणका क्रममा एउटा पाङ्ग्रा भाँचियो
काठमाडौँ । अमेरिकामा एउटा विमान उडिरहेको समयमा इन्जिनमा आगलागी भएको र अवतरण गर्न लाग्दा एउटा पाङ्ग्रा नै भाँचिए पनि यात्री सकुसल रहेको तथ्य प्रकाशमा आएको छ ।
ओरल्यान्डोबाट सान जुआनका लागि उडान गरिरहेको फ्रन्टियर एयरलाइन्सको विमानमा १५ अप्रिलका दिन यस्तो घटना भएको हो ।
विमानमा २२८ यात्री सवार थिए । सोही विमानमा सवार मेलानी गोन्जालेज ह्वार्टनले आफ्नो फेसबुकमा उक्त घटनासम्बन्धी तस्बिर पोस्ट गरेकी छन् । उनी परिवारसँग बिदा मनाएर फर्किंदै गर्दा उक्त घटना भएको हो ।
मेलानीका अनुसार विमानको इन्जिनमा आगो लागेको देखेपछि यो धर्तीमा आफ्नो जीवन यतिमात्र रहेछ भन्ने लागेको थियो । विमानको झ्यालबाट बाहिरको दृश्य पनि उनले तस्बिरमा कैद गरेकी छन्, जहाँ विमानमा आगो लागेको देखिन्छ ।
अवतरणको पहिलो प्रयासका क्रममा एउटा पाङ्ग्रा भाँचिएको थियो । त्यसपछि विमान फेरि उड्यो । दोस्रो प्रयासमा बल्ल विमान अवतरण भएको बताइएको छ ।
यस क्रममा यात्रीको अवस्था सामान्य रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण