केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजको पोल्टामा
काठमाडौँ । केपी ओली कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि गण्डकी हिरोजले जितेको छ । मदन भण्डारी स्पोटर्स एकेडेमीद्वारा पोखरामा आयोजित प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा गण्डकी हिरोजले सीईसी काठमाडौँलाई पाँच विकेटले हराउँदै उपाधि कुम्ल्याएको हो ।
च्याम्पियन बनेको गण्डकी हिरोजले १० लाख रुपैयाँ नगद पुरस्का पनि हात पा¥यो । उपविजेता बनेको सीईसी काठमाडौँले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । एक सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १७.३ ओभरमा पाँच विकेट गुमाएर एक सय ८५ रन बनाउँदै लक्ष्य पार गरेको थियो ।
गण्डकी हिरोजका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा अविजित रहे । किरण ठगुनाले ५२ रनको योगदान गरे । उनले केवल २६ बलमा चार छक्का र तीन चौका प्रहार गरे । सुजन थपलिया ३५ रन बनाउँदै अउट भए । दिपक डुुम्रेले पनि २६ रन बनाए । ओपनर साकिव हुकले २४ रन बटुले । काठमाडौँका बलर दिपेन्द्र रावतले तीन तथा मनोज यादव र सुुर्य तामाङले एक–एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको काठमाडौँले १९.४ ओभरमा अलआउट हुनुअघि एक सय ८२ रन बनाएको थियो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पाली खेले । उनले ३४ बलमा ६ छक्का र चार चौका प्रहार गरे । पृथु बास्कोटाले पनि अर्धशतकीय पाली खेलेका थिए । उनले २९ बलमा दुई छक्का र सात चौका प्रहार गरे । सिवम तिवारीले २३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीका बलर अमृत गुरुङ र कृष्ण पौडेलले तीन–तीन विकेट लिए ।
विपिन खत्री र मिलन बोहोराले पनि दुई–दुई विकेट हात पारे । गण्डकी हिरोजका किरण ठगुुन्ना फाइनलमा प्लेयर अफ दि म्याच घोषित भए । काठमाडौँका दिपेन्द्र रावत प्लेयर अफ दि सिरिज घोषित भए । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
अत्तरियाका विपिन रावल सर्वोत्कृष्ट ब्याट्सम्यान र लुम्बिनीका अजयकुमार चौहान सर्वोत्कृष्ट बलर घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ पुरस्कार हात पारे ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, आयोजक एकेडेमीका अध्यक्ष ध्रुुव आचार्यलगायतले विजयी टोली र खेलाडीलाई पुरस्कार वितरण गरे । चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण