कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
शुक्रबार, ०५ वैशाख २०८२, १९ : ४३
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा शुक्रबार साँझ एक यात्रुबाहक बस र माइक्रोबस एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्घटना सुप प्रदेश ०१–००१ ख ३१९७ नम्बरको बस र कर्णाली प्रदेश ०२–००१ ज ०६३९ नम्बरको माइक्रोबसबीच भएको हो। घाइते हुनेहरूमा ८ जना महिला, १ जना पुरुष र माइक्रो चालक रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२, तेघरीका माइक्रोबस चालक २३ वर्षीय भुवन बहादुर महरा लाई थप उपचारका लागि धनगढी पठाइएको छ।
अन्य ९ जना घाइतेहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक गोदावरी नगरपालिका–१२, गेटाका ३६ वर्षीय जितु चौधरी भने फरार छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण