कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
शुक्रबार, ०५ वैशाख २०८२, १९ : ४३

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा शुक्रबार साँझ एक यात्रुबाहक बस र माइक्रोबस एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्घटना सुप प्रदेश ०१–००१ ख ३१९७ नम्बरको बस र कर्णाली प्रदेश ०२–००१ ज ०६३९ नम्बरको माइक्रोबसबीच भएको हो। घाइते हुनेहरूमा ८ जना महिला, १ जना पुरुष र माइक्रो चालक रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२, तेघरीका माइक्रोबस चालक २३ वर्षीय भुवन बहादुर महरा लाई थप उपचारका लागि धनगढी पठाइएको छ।
अन्य ९ जना घाइतेहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस चालक गोदावरी नगरपालिका–१२, गेटाका ३६ वर्षीय जितु चौधरी भने फरार छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन