सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकार, मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुख तथा सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिवलाई तोकिएको छ ।
प्रदेशमा लागुऔषध सेवन तथा ओसारपसारको समस्या डरलाग्दो रुपमा फैलिन थालेपछि यसको नियन्त्रणका लागि मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले प्रदेशका प्रमुख सचिवकै संयोजकत्वमा सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति गठन गरेको छ ।
समितिको सदस्यमा आर्थिक मामिला मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखलाई तथा सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवलाई तोकिएको छ ।
समितिले राजस्व वृद्धि, भन्सार जाँच, सीमापार आवागमन, पर्यटन सहजीकरण, रोजगरीको शिलशिलामा भारत जाने नेपालीको अभिलेख व्यवस्थापन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्ययोजना तयार गरी काम गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण