बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक

शनिबार, ०६ वैशाख २०८२, ०६ : २८
शनिबार, ०६ वैशाख २०८२

लन्डन ।  गायिका शर्मिला बर्देवा फेरि अर्को कोसेली ‘कश्मीरे गम्छा’ लिएर आएकी छन् । फरक आवाजका कारण नेपाली साङ्गीतिक बजारमा सधैँ छाइरहेकी बर्देवाले शुक्रबारमात्र दर्शक श्रोतामाझ ‘कश्मीरे गम्छा’ ल्याएकी हुन् ।

उक्त गीत र म्युजिक भिडियो बर्देवाको आफ्नै यूट्युब च्यानलमार्फत सुन्न र देख्न सकिने छ। सरोज परियारले लगानी गरेको उक्त गीतमा चर्चित गायक डेबिड शंकरको पनि स्वर सुन्न सकिने छ भने अहिले युवा पुस्ताका चर्चित संगीतकार राजेन्द्र बजगाईँको सङ्गीत तथा सङ्गीत संयोजन छ । पछिल्लो समयका चर्चित गीतकार डिपी खनालले गीत लेखेका हुन् ।

अति ब्यस्त साउन्ड इन्जिनियर मनोज परियारको मिक्सिङ तथा मास्टरिङ छ । गीत आफ्नो मन स्टुडियोमा रेकडिङ गरिएको हो ।

काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियो निर्देशन सियोन श्रेष्ठले गरेका छन् । उत्सव दाहालले छायाङ्कन गरेको भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र जुनु एसडीको नृत्य र अभिनय छ ।

करिब तीन दशकको साङ्गीतिक करिअरमा झन्डै एक हजार गीत गाइसकेकी शर्मिला बेलायतमा पेसाले नर्स हुन् । उनी यहाँ पनि स्टेजमा उत्तिकै व्यस्त रहन्छिन् । केही साता अगाडि नेपाल गएर ६ महिना बस्दा ४६ वटा गीत रेकर्ड गराएकी थिइन् । ती गीत अहिले बजारमा धमाधम आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप