केसरी- २ को पहिलो दिनको कमाइले अक्षयलाई राहत
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म केसरी च्याप्टर- २ ले रिलिज हुने बित्तिकै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ। राम्रो ओपनिङले फिल्मका निर्माताहरूलाई राहतको सास मात्र दिएको छैन, पछिल्लो समयमा बक्स अफिसमा केही विशेष गर्न नसकेका अक्षय कुमारका लागि पनि आशाको नयाँ किरण ल्याएको छ।
केसरी-२ लाई लिएर दर्शकहरूमा ठूलो उत्साह थियो । सन् २०१९ मा रिलिज भएको अक्षय कुमारको फिल्म केसरीलाई दर्शकले अत्यधिक प्रशंसा गरेका थिए। सारागढीको ऐतिहासिक युद्धमा आधारित यो फिल्मले देशभक्तिको भावनालाई ठुलो पर्दामा उत्कृष्ट रूपमा ल्यायो। अब 'केसरी-२' ले एउटा नयाँ वीर गाथा ल्याएको छ जसलाई समीक्षक र दर्शकहरूले अत्यधिक प्रशंसा गरिरहेका छन्।
केसरी-२ को बारेमा जुन प्रकारको चर्चा भइरहेको थियो, त्यसले गर्दा फिल्मको सुरुवात राम्रो हुन सक्छ भन्ने अनुमान गरिएको थियो र त्यस्तै भयो। स्याकानिल्कको सुरुवाती व्यापार अनुसार, अक्षय कुमार अभिनीत फिल्म केसरी-२ ले पहिलो दिन घरेलु बक्स अफिसमा लगभग ७.५० करोड भारतीय रुपैयाँ कमाएको छ। स्काई फोर्स (१५ करोड) लाई उछिन्न असफल भए पनि, यसको कमाई अन्यको तुलनामा राम्रो रहेको छ।
अक्षयको चलचित्रले पहिलो दिनमै धेरै ठुला फिल्महरूको ओपनिङ डे कलेक्सनलाई उछिनेको छ।
पहिलो दिन बक्स अफिसमा केसर- २ ले पछि पारेका फिल्महरू यस्ता छन्-
द डिप्लोमेट - ४.०३ करोड रुपैयाँ
क्रेजी - ८० लाख रुपैयाँ
सुपरब्वाइज अफ मालेगाउँ – ४० लाख रुपैयाँ
मेरे पति की बीवी - रु १.५० करोड
लावयपा – ७५ लाख रुपैयाँ
ब्याडएस रवि कुमार - ३.५२ करोड रुपैयाँ
देवा - ५.७८ करोड रुपैयाँ
आजाद - १.४० करोड रुपैयाँ
गेम चेन्जर - ६.७५ करोड रुपैयाँ
फतेह - २.६१ करोड रुपैयाँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण