सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक
पोखरा । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता नभएको बताएका छन् । शनिबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र एमालेका बिचमा कुनै समस्या नभएको समेत बताए ।
गृहमन्त्री लेखकले भने, ‘काम गर्दै जाँदा केही विषय आए छलफल गर्छौं र निराकरण गरिएको छ । सरकार बदलिन्छ भन्ने हल्लामा सत्यता छैन । हामी छलफलबाटै सम्बोधन गरेर सहमतिमै अघि बढ्छौँ ।’
लेखकले गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई अप्ठ्यारो नपर्ने बताए । पछिल्लो समय संविधान विरोधी गतिविधि देखापरेको बताउँदै पूर्व राजावादीहरू लोकतन्त्र र गणतन्त्र समाप्त गरेर पश्चगामी अभियानमा रहेको समेत उनले बताए ।
लेखकले भने, ‘लोकतन्त्रको विकल्पमा जनताले निरङ्कुशता रोज्ने सम्भावना छैन । गणतन्त्रको विकल्पमा राजा रोज्दैनन् ।’ उनले यो संविधान पनि असफल भए मुलुकमा अस्थिरताको अन्त्यहीन शृङ्खला सुरु हुने बताए ।
‘७० वर्षमा ७ वटा संविधान फेरेछौँ । धेरै बाटा बनाउने, पुल, उद्योग, स्कुल, क्याम्पस बनाउनु राम्रो हो । धेरै संविधान बदल्नु अस्थिरताको सङ्केत हो । तसर्थ अब यो संविधान असफल भयो भने अस्थिरताको अन्त्यहीन शृङ्खला सुरु हुन्छ । भावी पुस्तालाई अन्याय हुन्छ ।’
संविधान संशोधनका लागि समिति बनाउने तयारी भइरहेको र सदस्यको सङ्ख्या पनि टुङ्गिएको उनले संशोधनका लागि सबैको सहमति चाहिने समेत बताए । उनले शिक्षक आन्दोलनका माग महत्त्वपूर्ण रहेको र पूर्वसहमति अनुसार ऐन बनाउन सरकार तयार रहेको समेत उनले बताए । ‘शिक्षकका माग महत्त्वपूर्ण छन् । पूर्व सहमतिअनुसार ऐन बनाउन सरकार तयार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण