समाजवादी महिला संघको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने
_NeL3fMFtFr.jpg)
धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ नेपालको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने भएको छ । सङ्गठनको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले आगामी वैशाख २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ता रहने गरी केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं समाजवादी महिला संघकी अध्यक्ष निर्मला यादवले जानकारी दिइन् ।
बैठकबाट महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन आर्थिक उपसमिति, जनपरिचालन उपसमिति तथा प्रचार प्रसार उपसमितिलगायतका उपसमिति गठन गरिएको छ । महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी तोकिएको यादवले बताइन् ।
संगठनले स्थानीय तह, जिल्ला समितिहरूका साथै चार प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । यसरी अधिवेशन सम्पन्न गरेका प्रदेशहरूमा कोशी प्रदेश समिति, मधेस प्रदेश समिति, बागमती प्रदेश समिति र लुम्बिनी प्रदेश समिति रहेका छन् । सङ्ठनको महाधिवेशनमा सातै प्रदेशबाट प्रतिनिधि सहभागी हुने बताइएको छ ।
जसपा नेपालले वैशाख मसान्तसम्म अधिवेशन गरिसक्न पार्टीनिकट भ्रातृ संगठनलाई निर्देशन दिएको छ । तोकिएको समयमा अधिवेशन सम्पन्न नगर्ने भ्रातृ संगठनहरूलाई विघटन गरी नयाँ ढङ्गबाट कार्य अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य
-
एमालेका सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न