विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित होइन : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित नभएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले शिक्षा ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले यही १२ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा शिक्षा ऐन प्राथमिकतामा रहेको समेत बताएका छन् । पोखरेलले सो ऐन अब पास हुने कुरामा ढुक्क हुन समेत सबैलाई आग्रह गरे ।
विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग रहेको स्मरण गराउँदै उनले अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै ‘पानी माथिको ओभानो’ बन्ने प्रयास लाजमर्दो रहेको भन्दै कटाक्ष समेत गरेका छन् ।
महासचिव पोखरेलले भनेका छन्– ‘माओवादी केन्द्रले आलोचना होइन, निःशर्त सहयोग गर्नुपर्छ। आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्छ। आन्दोलनरत शिक्षकहरूले पनि यथार्थ बुझ्नुपर्छ—जो काम गर्न खोज्दैछ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन।’
उनले अब सबै पक्षलाई जिम्मेवार बन्न समेत आग्रह गरेका छन् । उनले भनेका छन्– ‘सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौँ। शिक्षा हाम्रो साझा भविष्य हो—यसलाई दलीय राजनीतिक स्वार्थको विषय नबनाऔँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण