गणतन्त्र नामले होइन, कामले बच्छ : प्रचण्ड
मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उनले बताए ।
वर्तमान सत्ता गठबन्धनप्रति माओवादी केन्द्रको समर्थन नरहेको उनले उल्लेख गरे । शनिबार राति बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उनले बताए । यसलाई वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको भन्दै उनले खण्डन गरे ।
उनले भने– 'गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेर सोच्न आवश्यक छैन । गणतन्त्र खतरामा परेको भाष्य नै ठिक छैन । जनमत गणतन्त्रकै पक्षमा रहेकोले अत्तिहाल्नुपर्ने अवस्था छैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण