प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ
आइतबार, ०७ वैशाख २०८२, २० : ५६

पोखरा । प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन् ।
लोकसेवा आयोग पोखराले सञ्चालन गरेको जनपदको जवान परीक्षामा एक नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
वैशाख ६ गते बिहान ८ बजे भएको परीक्षामा दर्ता नं ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा प्रहरीले छानबिन गरेको हो ।
अनुसन्धान गर्दा ज्ञानुता विश्वकर्मालाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । उनलाई शिक्षा ऐनसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब ८ सय ९० किलो गाँजासहित किशोर पक्राउ
-
राप्रपाको धार्मिक तथा जनजागरण अभियान सुरु, यसरी बाँडियो निम्ता (तस्बिरहरू)
-
छत्तीसगढमा २८ माओवादीको हत्यामा नेपालका ३५ प्रगतिशील व्यक्तित्वद्वारा विरोध
-
मुख्यमन्त्री सिंहको आरोपः मैले बन्द गराएको अवैध अस्पताल स्थानीय तहले पैसा लिएर खुलाए
-
नेपाली भाषामा एमए गर्ने चिनियाँ विद्यार्थी दीक्षित
-
एक यात्रीको शे–फोक्सुण्डो ताल डोल्पाको यात्रा