विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
वीरगन्ज । पर्सामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाइकल पोलमा ठोक्किएर भएकाे दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका– २ का ३० वर्षीय बिहारी राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले बताए । उनका अनुसार जिराभवानी गाउँपालिका–२ सडक खण्डमा रहेको विद्युत् पोलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना हुँदा गम्भीर घाइते रामको उपचारको लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ग ५ प ८३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा जलेश्वरका राम भने भन्ने व्यक्ति गम्भीर घाइते भएको पर्सा प्रहरीले जनाएकाे छ । रामको अवस्था चिन्ताजनक रहेको बताइएकाे छ । उनको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण