गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलमा) शीर्ष स्थानको गुजरात टाइटन्सले सहज जित हासिल गरेको छ । सोमबार राती भएको ३९ औं खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो ।
जितसँगै गुजरातले आठ खेलबाट १२ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको कोलकाता अंक तालिकाको सातौं स्थानमा छ ।
इडेन गार्डेनमा गुजरातले दिएको १९९ रनको चुनौति पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन बनायो । कोलकाताका कप्तान अजिंक्य रहाणेले अर्धशतक अर्थात् ५० रन बनाए । ३६ बल खर्चिएका उनले पाँच चौका र एक छक्का प्रहार गरे ।
आन्द्रे रसेलले २१, रिन्कु सिंहले १७ र सुनील नारायणले १४ रन बनाउँदा अंगक्रिस रघुवंशी २७ रनमा अविजित रहे । गुजरातका प्रशिद्ध कृष्ण र रशिद खानले समान दुइ-दुई विकेट लिए । अन्य बलरले एक-एक विकेट हात पारे । यसअघि, टस हारेर पहिला व्याटिङ गरेको गुजरातले तीन विकेट गुमाएर १९८ रन बनाएको थियो ।
गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । ५५ बल खर्चिएका उनले १० चौका र तीन छक्का हिर्काए । साई सुदर्शनले अर्धशतक पार अर्थात् ५२ रन जोड्दा जोश बटलरले अविजित ४१ रनको योगदान गरे । बलिङतर्फ कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले एक-एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
-
दक्षिण अफ्रिकाका वरिष्ठ प्रहरी अधिकारीमाथि घातक हमला
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण