गुजरातको गर्जन कायमै, कोलकातालाई कष्ट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएलमा) शीर्ष स्थानको गुजरात टाइटन्सले सहज जित हासिल गरेको छ । सोमबार राती भएको ३९ औं खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो ।
जितसँगै गुजरातले आठ खेलबाट १२ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको कोलकाता अंक तालिकाको सातौं स्थानमा छ ।
इडेन गार्डेनमा गुजरातले दिएको १९९ रनको चुनौति पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन बनायो । कोलकाताका कप्तान अजिंक्य रहाणेले अर्धशतक अर्थात् ५० रन बनाए । ३६ बल खर्चिएका उनले पाँच चौका र एक छक्का प्रहार गरे ।
आन्द्रे रसेलले २१, रिन्कु सिंहले १७ र सुनील नारायणले १४ रन बनाउँदा अंगक्रिस रघुवंशी २७ रनमा अविजित रहे । गुजरातका प्रशिद्ध कृष्ण र रशिद खानले समान दुइ-दुई विकेट लिए । अन्य बलरले एक-एक विकेट हात पारे । यसअघि, टस हारेर पहिला व्याटिङ गरेको गुजरातले तीन विकेट गुमाएर १९८ रन बनाएको थियो ।
गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । ५५ बल खर्चिएका उनले १० चौका र तीन छक्का हिर्काए । साई सुदर्शनले अर्धशतक पार अर्थात् ५२ रन जोड्दा जोश बटलरले अविजित ४१ रनको योगदान गरे । बलिङतर्फ कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेलले एक-एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनलाई नेपाल भ्रमणको निम्तो सुनाइदिन प्रधानमन्त्रीको आग्रह
-
मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्त हुन्छ : प्रधानमन्त्री
-
सप्तरीस्थित ठकन झाको ‘त्रिशक्ति मन्दिर’
-
कांग्रेसले बोलायो संसदीय दलको बैठक
-
आगामी बजेटमा कसरी हुँदैछन् करका दर संशोधन ?
-
खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान