अति नै थकाई लागेको छ ? गर्नुस् यी पाँच चिज

काठमाडौँ । हिजोआजको व्यस्त जीवनशैलीका कारण राम्रोसँग सुत्ने वा आराम गर्ने समय कमैसँग मात्रै हुन्छ । दिनभरिको व्यस्तता र कामको दबाब पछि, जब शरीर र मन दुवै थकित महसुस गर्न थाल्छ, तब काम गर्न मन लाग्दैन र ऊर्जा सकिएको जस्तो लाग्न थाल्छ ।
कि त धेरै निद्रा लाग्न थाल्छ कि जतिबेला पनि आलस्य महसुस हुन्छ । तर सही बानीहरू अपनाउने हो भने तुरुन्तै ऊर्जावान् महसुस गर्न सकिन्छ र आफ्नो काममा ध्यान केन्द्रित गर्न सकिन्छ ।
लामो सास लिनुहोस् र शरीर तन्काउनुहोस्
जब तपाईँ धेरै थकित महसुस गर्नुहुन्छ, सबैभन्दा पहिले आफ्नो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्नुहोस् । लामो सास फेर्दाले शरीरमा अक्सिजनको आपूर्ति बढ्छ र ताजा महसुस गराउँछ । ५–१० मिनेटसम्म गहिरो सास लिनुहोस् । केही स्ट्रेचिङ पनि गर्नुहोस्, विशेष गरी घाँटी, ढाड र काँधको । यसले तपाईँलाई तुरुन्तै ताजा महसुस गराउनेछ ।
पानी पिउने अनि हल्का खाजा खाने
शरीरमा पानीको कमी (डिहाइड्रेसन) थकानको प्रमुख कारण हुन सक्छ । यदि तपाईँ थकित महसुस गर्दै हुनुहुन्छ भने, तुरुन्तै एक गिलास पानी पिउनुहोस् र केही हल्का तर स्वास्थ्यकर खाजा खानुहोस् । नरिवल पानी वा कागती पानी पिउनु राम्रो हुन्छ । बदाम, ओखर वा डार्क चकलेट खाँदा पर्नि तुरुन्तै ऊर्जा मिल्छ ।
केही बेर टहल्ने वा ताजा हावामा बस्ने
लामो समयदेखि बसेर काम गरिरहनुभएको छ र शरीर थकित महसुस भइरहेको छ भने, आफ्नो कुर्सीबाट उठ्नुहोस् र केही मिनेट हिँडडुल गर्नुहोस् । खुला हावामा जानुहोस् । बाहिरी वातावरण महसुस गर्नुहोस् । हल्का घाममा केही समय बिताउँदा पनि हुन्छ ।
चिसो पानीले आफ्नो अनुहार धुने वा खल्ल नुहाउने
चिसो पानीले अनुहार धुँदा ताजापनको अनुभूति हुन्छ र निद्रा वा आलस्य हट्छ । सम्भव भएमा खललल नुहाउन पनि सकिन्छ । चिसो पानीले अनुहार धुँदा तुरुन्तै ताजा महसुस गर्न सकिन्छ । नुहाउँदा शरीरलाई आराम मिल्छ र नयाँ ऊर्जाको अनुभूति हुन्छ ।
गीत सुन्ने
कहिलेकाहीँ मानसिक थकान गम्भीर हुन्छ र दिमागलाई विश्राम चाहिन्छ । यसका लागि, आफूलाई मनपर्ने गीत सुन्नुहोस् वा ५–१० मिनेटको लागि कुनै रमाइलो कुरामा आफूलाई व्यस्त राख्नुहोस् । कुनै प्रेरक वा ऊर्जावान् गीत सुन्नुहोस् । कमेडी भिडियोहरू हेर्नुहोस् । नभएर कुनै राम्रो किताब पढ्न पनि सकिन्छ ।
अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् अन्तुडाँडाको सौन्दर्यता
-
चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
-
बिरामी भएपछि २४ वर्षीया युवतीले अचानक अंग्रेजी बोल्नै बिर्सिइन्
-
‘आ बाट आमा’मा मुख्य भूमिकामा देखिँदै अभिनेत्री बिपना
-
सोलार फ्लेयरको खतरा : जीपीएसमा अवरोधदेखि ब्ल्याकआउटसम्म हुनसक्ने नासाको चेतावनी
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य