मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

सरकारले ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोडको आन्तरिक ऋण उठाउँदै

मङ्गलबार, ०९ वैशाख २०८२, ११ : २०
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । ट्रेजरी बिलमार्फत सरकारले मंगलबार २५ अर्ब २५ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै ट्रेजरी बिलमार्फत २५ अर्ब २५ करोड रुपैयाँ उठाउन लागेको जानकारी दिइएको हो ।

 उक्त कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिलको नवीकरण गर्न लागेको र बाँकी ५ अर्ब नयाँ जारी गर्न लागेको जनाएको छ ।

ट्रेजरी बिलका लागि सोमबार दिउँसो नै  बोलकबोल भइसकेको छ । जसअनुसार आज ट्रेजरी बिल वितरण गर्न लागेको छ ।

 यसअघि सरकारले पटक पटक गरी ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण सङ्कलन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप