प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
विराटनगर । विराटनगर महानगरपालिकाले आफूहरूको सहमति बिना रामचरित्र मेहतालाई प्रमुख प्रशासकीय अधिकृतमा पठाएको भन्दै हाजिरी गर्न नदिने बताएको छ ।
महानगरप्रमुख नागेश कोइराला निकट स्रोतले मेहताको कार्यशैली ठिक नदेखिएको र महानगरसँग कुनै पनि सहमति नलिएको कारण हाजिर गर्न नदिन बतायो । ‘यस विषयमा महानगरसँग कुनै पनि सहमति लिएको छैन । एकै पटक उहाँलाई सरुवा गरेको समाचार आएको छ । मेयरसाब असन्तुष्ट हुनुहुन्छ,’ उक्त स्रोतले भन्यो ।
नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार ४७ जना सहसचिवको सरुवा गरेको थियो । जसमा रामचरित्र मेहतालाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।
मेहता यसअघि युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत कार्यरत थिए । त्यसअघि उनी इटहरी उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका थिए । त्यसबेला उपप्रमुखसँग विवाद भएको भिडियो सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण