प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार बाहेक सबै दिन बसाल्न प्रस्ताव
काठमाडौँ । प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबारबाहेक सबै दिन बसाल्ने प्रस्ताव भएको छ । सभामुख देवराज घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् ।
सभामुख घिमिरेले आज बसेको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा यस्तो प्रस्ताव गरेका उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
प्रमुख सचेतकहरूको बैठकले सभामुख घिमिरेको त्यस प्रस्ताव अनुमोदन गरेको छ । सोही बमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने अधिकारीले जानकारी दिए ।
बैठकमा सभामुख घिमिरेले संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्व बजेट छलफल तथा बजेटको चाप परेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण