‘झिल्को’ को ट्रेलरमा बालबालिकाको डिजिटल कुलतको कथा
काठमाडौँ । ‘झिल्को’ यही वैशाख १९ गते प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । मोबाइल प्रयोगबाट बालबालिकामा परेको असर ट्रेलरमा देखाउन खोजिएको छ ।
आजको डिजिटल युगमा मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटर जस्ता उपकरण बालबालिकाका लागि खेलौना जस्तै बनेका छन् ।
तर, यही प्रविधिको अत्यधिक प्रयोगले उनीहरूमा गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक तथा भावनात्मक असर परिरहेको छ । ट्रेलर हेर्दा फिल्मले यस्तै विषयवस्तु उठाएको अनुमान गर्न सकिन्छ ।
मिडिया फर कल्चर प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, जेभीश श्रेष्ठलगायतको अभिनय छ । फिल्म मार्फत रङ्गकर्मी सुनिल पोखरेल १६ वर्षपछि फिल्ममा देखिँदै छन् ।
फिल्मको निर्देशक यादव भट्टराई हुन् । ‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । फिल्मको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठको छ ।
फिल्मका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । जनता टिभीको फिल्म निर्माणमा सहकार्य रहेको छ ।
प्रविधि आफैँ खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश फिल्मले दिने निर्देशक यादव भट्टराइले बताए ।
‘पारिवारिक आत्मीयता कमजोर, बच्चालाई चुप राख्न डिजिटल ग्याजेट दिने बानी छ’, भट्टराई भन्छन् ‘बालबालिका र अभिभावकबिच प्रविधिको प्रयोगबारे बुझाइ फरक हुने भएकाले आपसी झगडा वा दूरी बढ्ने समस्या पनि पछिल्लो समय घातक रूपमा देखिन थालेको छ ।’
फिल्मले मोबाइल प्रयोगबाट बालबालिकाको शिक्षामा प्रभाव देखिने, सामाजिक सम्बन्धहरू कमजोर हुने तथा संवेदनशीलता हराउने खतरा रहेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण