तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख रुपैयाँ दिने लगायत ‘क्याबिनेट’ ले गर्यो यी १९ निर्णय
काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १९ वटा निर्णयहरु गरेको छ । बुधबार सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय गरेको छ । त्यस्तै वैशाख १६ गतेदेखि २२ गतेसम्म भारतको नयाँ दिल्ली, देहरादुन र लखनउमा द्विपक्षीय भेटघाटको लागि सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र प्रमुख्र सचिव डा. कमलप्रसाद पोखरेलको भ्रमण स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।
२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका स्व.सविन महर्जन तथा स्व. सुरेश रजकका नजिकको हकदारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने लगायतका विभिन्न १९ वटा निर्णयहरु गरेको हो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानेपामा ‘श्रावण मेला’ सुरु : मेहेन्दी, भजन कन्सर्ट र सिङ्गारका स्टलमा आकर्षण
-
६–६ महिनामा प्रदेश सरकार फेर्नुभन्दा स्थायी गठबन्धन बनाएर चलाऔँ : डा.भट्टराई
-
सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पत्ति जोखिममा पर्यो : सिभिल सहकारी पीडित
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण