प्रधानमन्त्री रिसाएपछि ऊर्जा राज्यमन्त्रीको पद चट
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई बर्खास्त गरेका छन्। सरकारले गरेका निर्णय विरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन्।
ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्यमन्त्री तामाङसँग रिसाएका थिए ।
तामाङका अनुसार ओलीले गृहमन्त्री रमेश लेखकलाई तामाङलाई राजीनामा दिन लगाउन भनेका थिए। दिउँसो गृहमन्त्रीले तामाङलाई राजीनामा दिन भनेको तर आफू प्रधानमन्त्रीलाई राजीनामा नदिने बताएसँगै बर्खास्त गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको आग्रह अनुसार बुधबार दिउँसो गृहमन्त्री लेखकले तामाङलाई फोन गरेर राजीनामा गर्न भनेका तामाङले बताए । उनले गृहमन्त्रीलाई ‘म राजीनामा गर्दिन’ भनेको बताए । तामाङको जवाफ गृहमन्त्री लेखकले ओलीलाई जानकारी दिएसँगै प्रधानमन्त्रीले तामाङलाई बर्खास्त गरेका छन् ।
राज्यमन्त्री तामाङले भने,‘मलाई राजीनामा गर्न गृहमन्त्रीले भन्नु भएको थियो,’ मैले राजीनामा गर्दिन, किन गर्ने भनेको थिएँ। तर, एकाएक हटाएको २० मिनेट अघि हटाएको जानकारी आयो।’
उनले राज्यमन्त्री प्रधानमन्त्रीले बनाएको नभई पार्टीले बनाएको बताए । तामाङले प्रधानमन्त्रीले हटाउने र राजीनामा दिने भन्दा पनि पार्टीले फिर्ता बोलाउनु पर्ने उल्लेख गरे । उनले पार्टीको सिफारिसमा राज्यमन्त्री भएकाले प्रधानमन्त्रीले हटाए पनि अदालत जाँदा पनि मुद्दा जित्ने दाबी गरे । प्रधानमन्त्रीले बर्खास्त गर्ने नहुने बताए ।
उनले भने,‘बर्खास्त भए पनि चिन्ता छैन । एक पटक मन्त्री भइहाले । अनुभव भयो । नेपालमा सबैभन्दा बढी मत ल्याउने चार नम्बरको सांसद हो । कसैले टिका लगाएर दिएको होइन । जनताको मन जितेर आएको हो । मन्त्री पद आजीवन होइन क्षणिक हो ।’
उनले परराष्ट्र मन्त्री आरजु राणा थाइल्याण्ड जाँदा विमानस्थलमा ‘प्रधानमन्त्री तपाईँसँग रिसाउनु भएको छ, एक पटक भेट गर्नुहोला’ भनेर आग्रह गरेको बताए । तर आफूले प्रधानमन्त्रीसँग भेट नगरेको उल्लेख गरे ।
तामाङ गत साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए । उनी कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण