जसपा नेपालको सिरहा अधिवेशनमा निर्वाचनबाटै नेतृत्व छानिने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको सिरहा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।
बुधबार राति अबेरसम्म सहमतिका लागि प्रयास गरे पनि सफल नभएपछि बिहीबार बिहानदेखि निर्वाचन प्रक्रियामा गएको मतदान अधिकृत शत्रुधन यादवले बताए । जसपा नेपाल सिरहाको अधिवेशन वैशाख ८ गतेदेखि सुरु भएको थियो ।
जसपा नेपाल सिरहाको अध्यक्षका लागि रामचरित्र महतो, अशोक कुमार यादव, राम दयाल यादवलगायतको दाबी छ । त्यस्तै उपाध्यक्षमा सोभित कुमार पासवान, राजेन्द्रप्रसाद साह, योगानन्द यादव, राकेश कुमार गुप्ता, रमेश कुमार यादव, लालबहादुर साह र अशोक कुमार मण्डलले उम्मेदवारी दिएका छन् ।
सचिव पदका लागि बिन्द कुमार मण्डल र हरेराम यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्ष पदका लागि कृष्णाकुमारी यादव र लक्ष्मी कुमारी श्रेष्ठले उम्मेदवारी दिएका छन् । उपसचिवमा मनिक लाल यादव, इन्दलकुमार मण्डल, हरिनारायण यादव, दिनेश कुमार महतो, विजय कुमार यादव र प्रभात कुमार सिंहले उम्मेदवारी दिएका छन् । जसपा नेपालको सिरहा अधिवेशनमा २७४ जना मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण