संसद् बैठक
प्रधानमन्त्रीले शुक्रबार संसद्मा सम्बोधन गर्ने
बिहीबार, ११ वैशाख २०८२, १४ : ०७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्न लागेका हुन् ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको बताए ।
‘शुक्रबारको संसद् बैठकमा प्रधानमन्त्रीले समसामयिक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ’, बर्तौलाले भने, ‘मुलुकका विकसित राजनीति र मुलुकको अवस्थाबारे प्रधानमन्त्रीले संसद्मार्फत जानकारी दिँदै हुनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण