रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर
काठमाडौं । राजस्थान रोयल्सलाई हराउँदे रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महत्वपूर्ण १२ अंक जोडेको छ । आईपीएलको ४२ औं खेलमा बैंग्लुरुले राजस्थानविरुद्ध ११ रनको जित निकाल्यो ।
बैंग्लुरुले दिएको २०६ रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १९४ रनमै समेटिएपछि बैंग्लुरु शीर्ष स्थानका टोलीलाईए टक्कर दिन आइपुगेको हो । बैंग्लुरु ९ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा छ । एक खेल कम खेलेका गुजरात टाइटन्स र दिल्ली क्यापिटल्स समान १२–१२ अंककासाथ पहिलो र दोस्रो स्थानमा छन् ।
एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०५ रन बनाएको थियो । बैंग्लुरुका लागि विराट कोहलीले सर्वाधिक ७० रन बनाए । ४२ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे ।
देवदत्त पडिक्कलले २७ बलमा चार चौका र तीन छक्काको मद्दतले ५० रन बनाए । फिल साल्ट २६ र टिम डेभिड २३ रनमा आउट हुँदा जितेश शर्मा २० रनमा अविजित रहे ।
राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए । जोफ्रा आर्चर र वानिन्दु हसरंगाले एक–एक विकेट हात पारे । जवाफी व्याटिङमा राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनमै समेटियो ।
जहाँ यशस्वी जयसवाल अर्ध शतक बनाउनबाट जम्मा एक रनले चुके ।उनले सर्वाधिक ४९ रन जोडे । विकेट किपर ध्रुव जुरेलले ४७ रन बनाए । यस्तै, नितिश राणाले २८ र कप्तान रियान परागले २२ रनको योगदान दिए । बैंग्लुरुका जोश हेजलवुडले सर्वाधिक ४ विकेट लिए । क्रुणाल पाण्ड्याले २ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण