गायक सुजनको साथमा पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने
काठमाडौँ । वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘ऊनको स्वीटर’ को प्रचारका लागि पोखरा र धरानमा साङ्गीतिक कार्यक्रम ‘ऊनको स्विटर साँझ विथ सुजन चापागाईँ’ हुने भएको छ । फिल्मका सङ्गीतकार तथा गायक सुजन चापागाईँ फिल्मका कलाकारहरू साङ्गीतिक कार्यक्रममा उत्रिन लागेका हुन् ।
कार्यक्रममा सुजनसँगै फिल्मका मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहानको उपस्थिति रहनेछ । पोखराको लेकसाइडस्थित हल्लन शुक्रवारबाट अपराह्न ४ बजेबाट आयोजना हुँदैछ ।
कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र फिल्मका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् । त्यस्तै, झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर गन्धर्वको परिवारको उपस्थितिमा सुजनले झलकमानका गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने बताइन्छ ।
धरानको रङ्गशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम ‘द इन्फिनिटी ब्यान्ड’ को समेत प्रस्तुति रहनेछ । कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण