नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
पोखरा । होटल सङ्घ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिन सरकारसँग माग गरेको छ । हान गण्डकीले सडकको निर्माण काम चुस्त बनाउन दबाब सहित विज्ञप्ति निकालेको हो ।
अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तिमा सडक मार्गको विस्तार र स्तरोन्नतिमा भएको ढिलाइले पर्यटक र समग्र यात्रुले हैरानी खेप्नुपरेको उल्लेख छ ।
‘निकै अघि काम सुरु भए पनि स्तरोन्नति कार्यमा देखिएको सुस्तीका कारण पर्यटक र समग्र पर्यटन क्षेत्रले निकै हैरानी खेप्दै आउनुपरेको छ,’ उनले भने, ‘सामान्य यात्रुले पनि यस्तो समस्या दिनहुँ भोग्न बाध्ये छन् । सडक विस्तार कार्यमा भएको ढिलाइ, निर्माणको क्रममा मौसम अनुसार उत्पन्न धुलो र हिलो तथा सडकको उबडखाबडले गर्दा यस खण्ड हुँदै गुड्ने सवारी र तिनमा यात्रारत सेवाग्राहीले ठुलो कष्ट उठाउनु परेको छ । अर्को तर्फ दुर्घटनाको जोखिम त छँदैछ ।’

पर्यटन क्षेत्रको विकासका लागि महत्त्वपूर्ण आधारमध्ये कनेक्टिभिटी अर्थात् पहुँचले ठुलो महत्त्व राख्ने भन्दै उनले नेपालमा सडक सञ्जालको काममा हुने ढिलासुस्तीका कारण पर्यटन नै धरापमा पर्न लागेको बताए ।
गैँडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमी र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमी विस्तारका लागि चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले चैत २०७५ मा १६ अर्ब ९९ करोडमा रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार साउन ०७९ भित्र काम सकिनुपर्ने हो । तेश्रोपटक थपिएको म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा ६३ प्रतिशत मात्र प्रगति भएको छ ।
‘अहिले सहज अवस्थामा त सडक विस्तार र स्तरोन्नती कार्यमा ढिला भएको छ भने बर्खाको समयमा हालत के होला ? सडकको विस्तार कार्यलाई तीव्रता दिन ठेकेदार कम्पनीलाई खबरदारी गर्दै स्तरोन्नति कार्य नसकिँदा सम्म विकल्पको खोजी गरी पर्यटक र समग्र सेवाग्राहीलाई सहज यात्राको वातावरण सिर्जना गर्न होटल सङ्घ नेपाल गण्डकी सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण