शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

भीरबाट लडेर दुई जनाको मृत्यु

शुक्रबार, १२ वैशाख २०८२, १६ : १५
शुक्रबार, १२ वैशाख २०८२

डोल्पा । डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ की अन्दाजी ३२ वर्षीया पार्वती घर्ती मगर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३, का १८ वर्षीय किरण भण्डारी रहेका छन् । 

उनीहरूको ठुलोभेरी नगरपालिका–४, मा रहेको तिप्ला तातोपानी जोड्ने बाटोबाट लडेर मृत्यू भएको डोल्पा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी राजेश बस्नेतका अनुसार उनीहरू तिप्ला गाउँमा केही समयदेखि मजदुरी काम गर्दे आएका थिए । 

‘एक खानेपानी आयोजनमा काम गर्नुहुने रहेछ, नजिकै एक वडामा उहाँहरूको बसाइँ रहेछ,’ उनले भने, ‘वडामा रहेको सरसामान ल्याउन जाँदै गर्दा भीरबाट लडेको देखियो ।’ उनीहरू भीरबाट ५०० मिटर तल खसेको पनि उनले बताए । 

प्रहरीका अनुसार पहिला महिला चिप्लिएर लडेकी थिइन् । उनलाई बताउन भन्दै भण्डारी पनि जाँदा उनी पनि लडेका थिए । मृतक दुवै जनाको पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप